मेलम्ची खानेपानी आयोजनामा २२ किमि आरसीसी ढलान

माघ ७, काठमाडौं – खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको २६ किलोमिटर सुरुङमध्ये २२ किलोमिटरमा आरसीसी ढलानलगायतको संरचना निर्माण कार्य सकिएको जनाएको छ ।

इटालियन ठेकेदार कम्पनी सीएमसीले एकतर्फी रूपमा टाट पल्टेको घोषणा गरेपछि ठप्प मेलम्चीको काम गत मंसिरबाट सुरु भएको हो । चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले सुरुङको ठेक्का पाएको हो । ‘सुरुङको भित्री संरचनाका काम बाँकी थियो, अब अन्तिम चरणमा छ,’ आयोजना प्रमुख त्रिरेशप्रसाद खत्रीलेले बताएका छन् ।

सुरुङलाई बढी बलियो बनाउन ढलान र पर्खालको संरचना बनाउने काम तीव्र गतिमा भइरहेको उनको दाबी छ । ‘८० प्रतिशत काम सकिएको छ, अब २० प्रतिशत (४ किमि) मात्र बाँकी छ,’ उनले भने, ‘सुरुङको संरचना त तीन महिनाभित्र निर्माण सम्पन्न हुन्छ ।’
आजको कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।