अमलाको आलय

काठमाडौं, ५ माघ ।
गजलकार अमला अधिकारीको परिचय फेरिएको छ । यसै साता राजधानीमा एक भव्य कार्यक्रमको आयोजना गरि उनको पहिलो उपन्यास ‘आलय’ सार्वजनिक भएसागै उनको परिचयमा आख्यानकार पनि थपिएको हो । युद्धकालिन

समयको कथामाथि लेखिएको अमलाको उपन्यास साङ्ग्रिला बुकले प्रकाशन गरेको हो ।

आख्यानकार अमर न्यौपाने तथा समालोक ज्ञानु अधिकारीले सयुक्त रुपमा सार्वजनिक गरेको उपन्यास माथि न्यौपाने र अधिकारीले आफ्ना धारणा राखेका थिए ।
पहिलो उपन्यास सार्वजनिक कार्यक्रममा बोल्दै अमलाले उपन्यास लेख्दाका अप्ठ्याराहरु सुनाएकी थिईन् । सिन्धुलिको बिकट गाउा ‘बाहुनतिल्पुङ्’मा बस्दै आएकी अमलाले उक्त उपन्यास आफूले लेख्नै पर्ने भएर लेखेको उल्लेख गरेकी छिन् ।
अमलाले आफूले उपन्यास लेख्दै गर्दाको समय स्मरण गर्दै यो उपन्यास आफेनो दुस्खको घर भएको बताईन् । उनले भावुक हुादै कार्यक्रममा आफूले यो उपन्यास लेख्न ज्यादै दुस्ख गरेको बताईन् । उनले भनेकी छिन्–‘यो उपन्यास आख्यानको ज्ञान नभएकी एक ग्रामिण महिलाले लेखेको उपन्यास हो । उपन्याससागै अमलाको चौथो गजल संग्रह ‘आश्रम’ पनि सोही समारोहमा सार्वजनिक गरियो ।

अमलाको उपन्यास माथि चर्चा गर्दै आख्यानकार अमर न्यौपानेले किताबको भाषाको लय, दृष्टान्त र काव्यिक लेखनले आफूलाई छोएको बताए । कथा बुन्ने र भन्ने तरिका पनि राम्रो रहेको अमरले बताएका छन् ।
ज्ञानु अधिकारीले यो उपन्यासले अमलालाई चिनाउने बताइन् । उनले भनेकी छिन्– ‘यो उपन्यास चलोस् नचलोस्, यसको चर्चा होस् नहोस्, यो अमलालाई चिनाउने सशक्त कृति हो ।’ उपन्यास आलय पढेर आफू प्रभावित भएको अधिकारीले बताएकी छिन् ।

अमलाको २ कृति विमोचन पछि सोही सेटमा अमला अधिकारी र ईश्वर दाहाल गजल महफिलमा प्रस्तुत भएका थिए ।