गायिका आस्था राउतविरुद्ध पक्राउ पुर्जी जारि गर्ने तयारी

काठमाडौं, ५ माघ ।
विमानस्थलमा आफूमाथि दुव्र्यवहार भएको भन्दै सामाजिक सञ्जालमा आएकी गायिका आस्था राउतविरुद्ध प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको छ । गत बुधबार त्रिभुवन विमानस्थलमा सुरक्षा चेकजाँचका क्रममा उनले महिला प्रहरीमाथि दुव्र्यवहार गरेको भन्दै परिसर काठमाडौंमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

अब जिल्ला प्रशासनबाट आस्थाविरुद्ध पक्राउ पुर्जी जारी गर्ने परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जनाएका छन् । अभद्र व्यवहारमा २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न र एक वर्षसम्म जेल सजायको व्यवस्था प्रमुख जिल्ला अधिकारीले गर्न सक्ने अधिकार रहेको एसएसपी सुवेदी बताउछन् ।

गायिका राउतले गत बुधबार सामाजिक सञ्जाल फेसबकुमार्फत प्रहरीलाई गाली गरेको भिडियो सार्वजनिक गरेकी थिइन् । विमानस्थलमा खटिएकी प्रहरी जवान रमीता श्रेष्ठले आस्थाविरुद्ध दिएको जाहेरी प्रहरीले दर्ता गरेको हो । प्रहरी अधिकारीका अनुसार आस्था भारतमै रहेको बताइएको छ ।