हाच्छ्युँ रोक्दा कानमा असर

माघ ५, काठमाडौं – हाच्छ्युँ रोक्ने प्रयास गर्दा त्यसको प्रत्यक्ष असर कानमा पर्ने एक रिपोर्टले देखाएको छ ।

डाक्टरहरुका अनुसार, हाच्छ्युँ आउँदा यसलाई रोक्न यदि तपाईंले नाक र मुख बन्द गर्नुभयो भने गम्भीर चोट लाग्न सक्छ।

इंग्ल्यान्डको लेस्टर शहरमा ३४ वर्षीय एक व्यक्तिको उपचारको क्रममा के पत्ता लाग्यो भने, हाच्छ्युँ रोक्ने कोशिसका कारण उसको घाँटीका कोशिकाहरु फाटेका थिए।

३४ वर्षीय पीडितले आफूले हाच्छ्युँ रोकेपछि गर्धनमा केही समस्या देखिएको बताएका छन्। त्यस लगत्तै गर्धनमा निकै पीडा महशुस भयो। खानेकुरा निल्न समस्या हुन थाल्यो र बोल्न समेत गाह्रो भइरहेको थियो।

जब डाक्टरहरुले उनको परीक्षण गरे, उनको गर्धनको भाग सुन्निएको पत्ता लाग्यो।