नदी किनारामा यसरी पोखियो तक्मे बुढाको पीडा

माघ ५, काठमाडौं –  ‘नदीको किनारा’ बोलको गीतमा हास्य कलाकार विल्सन विक्रम राई (तक्मे बुढा)ले अभिनय गरेका छन् । गायक इन्द्रजित मिजार स्वरमा सार्वजनिक भएको उक्त गीतको म्यूजिक भिडियोमा राईले मन छुने अभिनय गरेका छन् ।

सार्वजनिक उक्त गीतमा प्रेम रामदामको शब्द तथा संगीत सुन्न सकिन्छ ।

टुङ्गानाको धुनमा, पिरतीको मिठो तिर्सना लगायत थुप्रै लोकप्रिय गीत गाएका पुराना लोकप्रिय गायक हुन् ।

‘नदीको किनारा’बोलको सार्वजनिक गीतमा आम माझी समुदायको दैनिकी, गरिबीले पारेको प्रभाव, आफ्नो समस्या सुनिदिने व्यक्ति नहुँदाको पीडा प्रस्तुत गरिएको छ ।