जाडोमा मौसममा खाने गर्नुस यस्ता चिजहरु

माघ ३, काठमाडौं – जाडोका बेला रगत जम्ने मात्रै होइन धमनिहरू समेत कडा हुन्छ । कहिले काही यसैको प्रभावले रक्त प्रवाहमा अवरोध उत्पन्न हुन्छ। यसबाट समेत व्लड प्रेसर बढन सक्छ । जव रगत प्रवाहमा अवरोध हुन्छ ।

यसले हार्ट एट्याक, हार्टफेल तथा स्ट्रोक (मस्तिष्क घात) हुन सक्छ । चिसोकै बेला बाथ मुटु समेत हुनसक्छ ।

चिसोले केटाकेटीमा घाटी दुख्ने टन्सिल बढने र त्यसैको असरले बाथ मुटु हुने समस्या देखापर्छ । त्यसकारण खानेकुरामा बिशेष ध्यान दिनुपर्दछ ।

जाडो मौसममा बढी पानी पिउने हो भने चिसो लाग्छ भन्ने सोच धेरैमा हुनसक्छ तर जाडोमै अझ बढी पानी पिउनुपर्छ ।

छाला सुख्खा हुने हुनाले जाडोमा शरीरलाई प्रशस्त मिनरल्सको आवश्यकता पर्छ । यतिबेला दैनिक कम्तीमा पनि ६ देखि ८ गिलास पानी पिउनुपर्छ ।

चिसो मौसममा फलफूल खाँदा सर्दीले समात्ने, रुघा–खोकी लाग्ने समस्या निम्तिने कुरा सही होइन । जाडोमा हरिया सागपात, अनार, आलु, जुनार, कागती, सुन्तला आदि सिट्रसयुक्त फलफूलको प्रयोग प्रशस्त मात्रामा गर्नुपर्छ ।

अदुवा, लसुन, प्याज आदि मिसाइएको खाना खानु फाइदाजनक हुन्छ ।

भिटामिन डी छुटाउन नहुने कुरा हो । बिहान ८ बजेअघिको घाममा बस्दा, सालमोन, म्याकरेल, सार्डिन्स आदि ओइली फिस तथा दूध–दहीबाट पनि भिटामिन डी प्राप्त गर्न सकिन्छ जसले शरीरको इम्युनिटी पावर बढाउन मद्दत र्पुयाउँछ ।

साथीभाइसँग च्याट वा इमेलमा भन्दा पनि भेटेरै कुराकानी गर्नु शरीर एवं मस्तिष्क दुवै दृष्टिले फाइदाजनक हुन्छ ।