‘माइकल अधिकारी’ मा सौगात र सृष्टिको जोडी बाधिने

माघ ३,काठमाडौं – चलचित्र ‘माइकल अधिकारी’ मा सौगात मल्ल र सृष्टि श्रेष्ठको जोडी बाधिने छ ।

फिल्मको बुधबारबाट सुटिङ सुरु भएको छ । माघे संक्रान्तिको अवसर पारेर झापाको विर्तामोडबाट फिल्मको छायाँकन सुरु गरिएको निर्माण संस्था गोपीकृष्ण मुभिजले जनाएको छ ।

फिल्म रञ्जित रौनियारले निर्देशन गर्दैछन् । फिल्मको कथा सेरोगेसी बताइएको छ ।

फिल्ममा सौगात र सृष्टिसँगै अशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा, बिट्रिनी कलाकार जमाइका टोम्ससहित झापाको चर्चित नाट्य समूह परिवर्तन थियटरका कलाकारको अभिनय रहनेछ ।

फिल्मको प्रदर्शन मिति आगामी चैत्र २८ बताइएको छ ।