शान्ताको प्रल्हादसँग ‘कसो कसो माया बस्यो’(भिडियो)

पुस २९, काठमाडौं – प्रल्हाद तिमिल्सैना र शान्ता खत्री कार्कीको स्वर रहेको गीत सार्वजनिक भएको छ ।

‘कसो कसो माया बस्यो’ बोलको गीत आइतबार इन्टरनेटमा सार्वजनिक गरिएको हो । गीतकार शान्तकाको शब्द रचना रहेको गीतमा रिमेश कुमारको सङ्गीत रहेको छ यसै गरी गीत विशाल निरौलाले एरेञ्ज गरेका हुन् ।

सार्वजनिक गीत को भिडियोलाई सञ्चारकर्मी कुमार आचार्यले निर्देशन गरेका हुन् । भिडियोमा भिडियोमा सोनाल तामाङ, फरिता खड्का र कविता रायलाई फिचर्ड छन् ।

रवि कोइरालाले छायाङ्कन गरेको म्युजिक भिडियोलाई विष्णु खड्काले सम्पादन तथा हरिश खनालको कोरियोग्राफी गरेका हुन् ।