एपीएफसँग च्यासलको बराबरी

पुस २९, काठमाडौं –सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले विभागीय टिम एपीएफ क्लबसँग बराबरी खेलेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा च्यासलले एपीएफसँग गोलरहित बराबरी खेलेको हो ।

एपीएफविरुद्ध बल पोजिसनमा एकतर्फी पटक बनाएको च्यासलले पाएको अवसर गुमाउँदा एक अंकमा चित्त बुझाएको हो । एपीएफले केहि गोलको अवसर खरे फालेको थियो ।

एपीएफसँगको बराबरीसँगै च्यासलले अंक तालिका सुधारको अवसर गुमाएको छ । ६ खेलमा ६ अंक जोडेको च्यासल लिगको दशौँ स्थानमा रहेको छ ।

यस्तै एपीएफ ६ खेलमा ५ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।