‘मिस्टर लेले’ को फस्ट लुक पोस्टरमा अर्धनग्न वरुण धवन

 

पुस २८, एजेन्सी – बलिउड नायक वरुण धवनको मुख्य भूमिकामा चलचित्र ‘मिस्टर लेले’ बन्ने भएको छ । सोमवार चलचित्रको फस्ट लुक पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो ।

शशाङ्क खैतानको निर्देशनमा बन्न लागेको चलचित्रको सार्वजनिक पोस्टरमा वरुणलाई फरक अवतारमा देख्न सकिन्छ ।

पोस्टरमा उनलाई अर्धनग्न अवस्थामा देखाइएको छ साथमा उनको एक हातमा पेस्तोल समेत रहेको छ । कम्मरमा सानो झोला पनि बाँधेका उनलाई चिन्तित देखिन्छ ।

करण जोहरले निर्माण गर्ने ‘मिस्टर लेले’ २०२० को मध्यतिर छायाङ्कनमा जाने र सन् २०२१ को जनवरी १ मा रिलिज गर्ने तयारी भइरहेको छ ।