के कमन कोल्ड फ्लु बाट मानिस मर्न सम्भव छ ?

क्षितिजको पश्चिम कुनाबाट

पुष २८, काठमाडौ- धेरैलाई थाहा होला कि फ्लुले मानिसको ज्यान लिन सक्छ । वास्तवमा । तथाकथित स्पेनिश फ्लुले सन् १९१८ मा ५० मिलियन मानिसलाई मारेको थियो -पहिलो बिश्वयुद्धमा मरे भन्दा कैयौं बढी । त्यसो भए, कमन कोल्ड ले नि ? के यसका कारणले तपाई आफ्नो मृत्यु वरण गर्न सक्नु हुन्छ ?

कमन कोल्ड थुप्रै लक्षणहरुको संग्रह हो -रुघा, खोंकी,नाक बग्ने, ज्यान दुख्ने, थकाई र शायद ज्वरो पनि न कि कुनै परिभाषित रोग । यधपि कमन कोल्ड पनि फ्लुका थुप्रै प्रारम्भिक लक्षणहरुसंग मेल खान्छ तथापि यो नितान्त बेग्लै प्रकारको संक्रमण हो ।

आधा भन्दा पनि बढी कोल्डहरुको कारक राईनोभाईरस नै हुन्छ तर अन्य भाईरसहरु पनि कोल्डको एक वा बढी लक्षणहरुको कारक हुन सक्छन । उदाहरणको लागि एडेनोभाईरस, इन्फ्लुएन्जा भाईरस , रेस्पिरेटोरी सिनसिसल भाईरस र पाराइन्फ्लुएन्जा भाईरस ।

कमन कोल्ड वास्तवमा एउटा सामान्य रोग हो जुन बिना उपचार पनि केही दिनमा सन्चो हुन सक्छ । किनकी यसको सामान्य प्रकृतिले गर्दा प्राय केशहरु स्वत पत्ता लाग्ने प्रकृतिका हुन्छन । जे भएता पनि, राईनोभाईरस वा अन्य कुनै भाईरस जो कमन कोल्डका लक्षणहरुको लागि कारक मानिन्छ, केही मानिसहरुको लागि भने खतरनाक हुन सक्छन । कोल्डको कारणबाट सृजना हुने जटिलताहरुले गम्भीर प्रकारका रोगहरुलाई निम्त्याउन सक्नुका साथै मृत्य सम्म हुन सक्छ र यो कुरा बिशेषतस् ती मानिसहरुको सम्वन्धमा लागु हुन्छ जसको रोग प्रतिरोधक क्षमता कमजोर छ ।

उदाहरणको लागि, अनुसन्धानहरुले देखाउँछ कि बोन म्यारो प्रत्यारोपणबाट गुज्रिएका बिरामीहरुमा धेरै हदसम्म गम्भीर स्वाँस(प्रस्वास सम्वन्धि उच्च संक्रमण बिकसित हुन सक्छ । यसको कारणको लागि राईनोभाईरसलाई कारक मानिएको छैन । तर कमन कोल्डसंग जोडिएका अन्य भाईरसहरु आरएसभी, एडेनोभाईरस र पाराइन्फ्लुएन्जा भाईरस लाई चाँही छ ।

स्वाँसप्रस्वास सम्वन्धी भाईरससंग संक्रमित भएकाहरु निसन्देह एक भन्दा बढी माध्यमले अति बिरामी पर्न सक्छन । अन्य भाईरसहरु जस्तै एडेनोभाईरस पनि शरिरभरि थुप्रै ठाँउ र अंगहरुमा देखिने लक्षणहरुको कारक हुन सक्छ जसभित्र पाचननली, मुत्रानली र कलेजोमा ।

अन्य भाईरसहरु जस्तै, ईन्फ्लुएन्जा भाईरसले फोक्सोलाई गम्भीर रुपमा सुन्नाउन सक्छ । साथसाथै, त्यसले अन्य खतरनाक अवस्थाहरु तर्फ पनि डोर्याउन सक्छ । जस्तो कि ब्याक्टोरिया निमोनिया ।

भाईरसद्धारा प्रेरित ब्याकटोरिया संक्रमण एक माध्यम हो जसद्धारा कोल्ड वा फ्लु भाईरसले बिरामीलाई मृत्यु सम्म पुर्याउन सक्छ । हुनत भाईरल ईन्फेक्सनद्धारा कसरी ब्याक्टेरिया ईन्फेक्सन कारक बन्न जान्छ भन्ने संयन्त्र अझै खोजको बिषय नै रहेको छ तथापि यस्तो हुन जाने वा हुन सक्ने सम्भावित तरिका फोक्सोको तन्तुहरुमा अभिबृद्ध ब्याक्टेरियाहरुको संलग्नता वा टँस्साई नै हो । उदाहरणको लागि, राईनोभाईरसले फोक्सोको तन्तुहरुमा पाफ(आर नामक रिसेप्टर को उपस्थिलाई बढावा दिएको अनुसन्धानले देखाएको छ । यसले ब्याक्टेरियाहरु, जस्तो कि स्ट्रेप्टोककस निमोनिया लाई तन्तुहरुमा प्रभावकारी रुपमा बाँधिनरबेरिन दिन सक्छ र यसैद्धारा गम्भीर निमोनिया जस्तो अवस्था सम्म लिएर जाने सम्भावनालाई बढाई दिन्छ ।

उच्च खतरा केही मानिसहरुका लागि

दुर्भाग्यवश कोल्डले कम उमेरका बालबालिका र बढी उमेरका बयोबृद्धहरुमा गम्भीर लक्षणहरु देखाउन सक्छ । बयोबृद्ध बिरामीहरुमा तुलनात्मक रुपमा कम उमेरका बालबालिका वा ब्यस्कहरु भन्दा बढी गम्भीर संक्रमण हुन्छ । र धुम्रपान गर्ने मानिसहरु तथा प्रयोग गरिएका चुरोट पुन पिउनेहरु सम्भावित रुपमा कोल्डको चपेटामा पर्न सक्छन अनि बढी गम्भीर लक्षणहरु देखापर्ने सम्भावना उच्च रहन्छ ।

मानिसहरुको अर्को समुह जो कोल्ड लाग्ने भाईरसहरुको कारणबाट अझ बढी गम्भीर संक्रमणको चपेटामा पर्ने प्रबल सम्भावना रहन्छ ती हुन जो फोक्सो सम्वन्धी कुनै न कुनै समस्याबाट ग्रसित छन । यिनमा ती मानिसहरु पनि सामेल छन जो अस्थामाका रोगी छन, सिस्टिक फाईब्रोसिस वा गम्भीर स्वासप्रस्वास सम्वन्धी रोग बाट ग्रसित छन । यस्तो संक्रमण जसमा भाईरसले स्वाँसनलीलाई सुन्नाईदिन र साँस फेर्न ज्यादै कठिन बनाई दिन सक्छ । का बिरामी जसलाई सामान्य कोल्डको भाईरसले समाते पनि ब्याक्टेरिया संक्रमणको समेत खतरामा रहन्छन ।

यधपि यस्ता बिरामीहरुको ब्याक्टेरिया संक्रमण एन्टिबायोटिक्सद्धारा उपचार गर्न सकिन्छ, तर हरेक प्रकारको राईनोभाईरसको बिरुद्ध प्रभावकारी एन्टीभाईरल उपचार भने छैन । स्वाँसप्रस्वास सम्वन्धी अन्य भाईरसहरु जस्तैस् ईन्फ्लुएन्जाको लागि प्रभावकारी खोपहरु उपलब्ध छन जसले कमजोरहरुलाई फ्लु भाईरसबाट जोगाउँछ, साथसाथै अस्थामा पिडित सहित कम उमेरका बालबालिका अनि बढी उमेरका बयोबृद्ध समेतलाई पनि ।

कुनै एक तत्वले मात्र कोल्ड भाईरसको संक्रमण कति गम्भीर हुने भन्ने निर्धारण गर्दैन अपितु थुप्रै अवस्था र तत्वहरुले खतराको तह बढाउन सक्छन ।

कोल्डको चपेटाबाट बच्ने राम्रा उपायहरु मध्ये एक हो आफ्ना हातहरु राम्रोसंग धुनु । यसबाट कमन कोल्डको भाईरसबाट मात्र नभएर अन्य थुप्रै प्रकारका भाईरसहरुको संक्रमणबाट समेत जोगाउन सकिन्छ । यो उपाय कमजोर र सशंकितहरुका लागि मात्र नभएर सबैका लागि हो र उपलब्ध भएसम्म फ्लुको खोप लिनु राम्रो । भाईरल ईन्फेक्सनको राम्रो उपाय चाँही रोकथाम नै हो ।

साभार- मेट्रो डेलि
प्रस्तोता- अशोक कुमार गहतराज सुनार