रियल स्पेनिस सुपर कपको फाईनलमा प्रवेश

 

पुस २४, एजेन्सी – रियल मड्रिड स्पेनिस सुपर कपको फाईनलमा प्रवेश गरेको छ ।

बुधबार राति साउदी अरेबियामा भएको खेलमा भ्यालेन्सियालाई ३–१ गोल अन्तरले हराउँदै रियल सुपर कपको फाईनलमा प्रवेश गरेको हो ।

दोस्रो सेमिफाईनलमा बिहिबार बार्सिलोनाले एट्लेटिको मड्रिडसंग प्रतिस्पर्धा गर्नेछ । विजेता टोलीसंग रियलले आईतबार उपाधिका लागि खेल्नेछ ।

रियल तेस्रो स्थानमा रहदै गत सिजन लिगको अन्त्य गरेको थियो । तर बार्सिलोना लिग विजेता र कोपा डेल रेको उपविजेता भएका कारण रियलले सुपरकपमा मौका पाएको हो ।