राजपरिवारको वरिष्ठ सदस्यबाट अलग हुने बेलायती राजकुमार ह्यारी र मेगनको घोषणा

पुस २४,एजेन्सी – बेलायती महारानी एलिजावेथका नाती राजकुमार ह्यारीले आफू र आफ्नी पत्नी मेगन राजपरिवारको वरिष्ठ सदस्यको भूमिकाबाट अलग हुने निर्णय गरेका छन् ।

राजकुमार ह्यारीले राजपरिवारको वरिष्ठ सदस्यको भूमिकाबाट छुट्टिदै आर्थिकरुपमा स्वतन्त्र बन्न काम गर्ने बताएका छन् ।

राजकुमार ह्यारी र मेगनले एक बयान जारी गर्दै दुवै जना अब बेलायत र उत्तरी अमेरिकामा आफ्नो समय बिताउने बताएका छन् ।

बीबीसीले प्राप्त गरेको सूचनाअनुसार शाही जोडीले यो घोषणाभन्दा अघि शाही परिवारको कुनै अरु सदस्यले यस्तो फैसला गरेका थिएनन् र यो फैसलालाई लिएर शाही परिवार निराश छ ।

राजकुमार ह्यारी र मेघनको घोषणापछि राजपरिवारका वरिष्ठ सदस्यहरु निकै दुःखित भएको बताइएको छ ।