जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

पुस २३, काठमाडौ -चौध वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन ।
सिराहको धनगढीमाई नगरपालिका -१२ ठटिया बस्ने २३ वर्षीय राकेश यादव वलत्कारको आरोपमा मंगलबार राति प्रहरीले पक्राउ परेका हुन।

यादवले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सुचनाको आधारमा गएको ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टी र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार घटना वारे थप अनुसन्धान भइरहेको छ।