के भिटामिन डि सप्लिमेन्ट खान जरुरी छ ?

क्षितिजको पश्चिम कुनाबाट

काठमाडौं –युकेमा २९ प्रतिशत ब्यस्कहरु भिटामिन डि को कमीबाट ग्रसित छन । अर्कोतर्फ, ७१ प्रतिशत  मानिसहरुमा भने यस्तो समस्या छैन । तपाई कुन बर्गमा पर्नु भयो त ?

जाडो याममा घामको पर्याप्त ताप र भिटामिन प्राप्त नहुने हुनाले जनवरी देखि मार्च भित्र सम्म २९ प्रतिशत मानिस भिटामिन डि सप्लिमेन्ट लिन बाध्य हुने गरेको तथ्यांकले देखाउँछ । भिटामिन डि प्राप्त गर्ने सर्वोत्तम उपाय जस्तो कि जनस्वास्थ्य इग्ल्याण्डले सल्लाह दिए अनुसार अक्टोबर देखि मार्च सम्म सबैले भिटामिन डि सप्लिमेन्ट लिनु उचित हुन्छ भन्ने नै हो र यसो हेर्दा जुन एकदमै सजिलो उपाय पनि हो ।

पर्याप्त घाम छैन ?  नो प्रोब्लम, भिटामिन डि छँदैछ नि ।

यो वर्षको शुरुवाततिर रिसर्च कम्पनि मिन्टेलको रिपोर्ट अनुसार भिटामिन डि को प्रयोगले भिटामिन सि को प्रयोगलाई जितेको छ । युकेमा लगभग €१०० मिलियन पैसा हरेक वर्ष भिटामिन डि सप्लिमेन्टको लागि खर्च भएको देखिन्छ । तर ती मानिसहरु जसलाई भिटामिन डि को समस्या नै छैन, यो सप्लिमेन्ट पुर्णतया पैसा र स्वास्थ्यको बर्बादी साबित हुन सक्छ भने अर्कोतर्फ यसबाट रिकेट्स वा अष्टियोमेलेसिया को समस्यामा कमी आएको ज्यादै नै थोरै प्रमाण भेटिन्छ ।

जाडो याममा ब्यस्कहरुलाई हुने खुट्टाका हड्डीहरुको दुखाई यही अष्टियोमेलेसियाका कारणले सृजित हुने गर्छ र भिटामिन डि लिनु एकदमै सही र सजिलो उपाय हो ।

बुझ्नु पर्ने कुराहरु

भिटामिन डि को मुख्य काम भनेको शरिरलाई क्याल्सियम संचय र पोषण गर्नु हो । क्याल्सियमको मुख्य काम हड्डीलाई बलियो बनाई राख्नु हो । क्याल्सियमको अति कमीले हड्डीहरुलाई नरम र कमजोर बनाउँछ जुन अवस्थालाई बच्चाहरुको हकमा रिकेट्स र ब्यस्कहरुको हकमा अष्टियोमेलेसिया भनेर बुझिन्छ ।

भिटामिन डि को कमीले पार्न सक्ने असरका सम्वन्धमा भएका हालसालैको अनुसन्धानहरुका अनुसार यसको कमीले मल्टीपल स्लेरोसिस, डाईबेटिज र क्यान्सर हुन सक्ने सम्मको दाबी गर्छन ।

समस्या कहाँनिर छ त ?

हालसालै गरिएको अनुसन्धानबाट के पत्ता लागेको छ भन्दा हाम्रो शरिरको हरेक तन्तु मा भिटामिन डि रिसेप्टर ९सोंस्ने वा संचय गर्ने हुन्छ । यो कारणले शरिरलाई चाहिए जति भिटामिन डि को मात्रा मिलाउनु तपाई हामीले अहिले महशुस गरे जति सजिलो छैन ।

किन ?

आवश्यकता भन्दा बढी मात्रामा भिटामिन डि लिंदा खतरा हुन सक्छ किनकी भिटामिन डि न्युट्रिसन जस्तो खनिज होइन र अन्य न्युट्रिसन खनिज जस्तो धेरै भएको खण्डमा शरिरबाट आफै बगेर वा पखालिएर पनि जाँदैन । जस्तो माथि भनियो कि शरिरका हरेक तन्तुमा भिटामीन डि को रिसेप्टर हुन्छ भनेपछि तपाई जति भिटामिन डि लिनुहुन्छ त्यो शरिरका हरेक तन्तुले सोंसेर वा संचय गरेर राख्छन ।

जस्तो माथि भनियो कि भिटामिन डि ले क्याल्सियमलाई सोंस्नेरसंचय गर्ने भएकोले शरिरमा आवश्यकता भन्दा बढी भिटामिन डि भएमा त्यसले शरिरमा प्रवेश गर्ने क्यालिसयमलाई हड्डिमा मात्र नभएर शरिरका अन्य भागहरुमा पनि जम्मा गरिदिन पुग्छ । हुनुपर्ने क्यालिसियम खाशमा हड्डी बलियो बनाउनको लागि हो । हामीले लिने भिटामिन डि को उद्देश्य पनि त्यसले शरिरको क्याल्सियमलाई सोंसेर हड्डीमा जम्मा गरिदिओस भन्नलाई हो । तर जब भिटामिन डि बढी भएर शरिरको बिभिन्न भागमा जम्मा हुन पुग्छ त्यहाँ पनि यसले शरिरभित्र आउने क्याल्सियमलाई संचय गरिदिन थाल्छ वा थुपारिदिन थाल्छ ।

जटिलता कहाँनिर छ त ?

यदि तपाईले बढी मात्रामा क्याल्सियम पनि लिने गर्नुभएको छ चाहे क्याल्सियम सि सप्लिमेन्टको माध्यमबाट वा दुधजन्य परिकारहरुको माध्यमबाट र तपाईको शरिरमा पहिल्यै नै आवश्यकता भन्दा बढी भिटामिन डि संचय छ ९भिटामिन डि सप्लिमेन्टको सेवनबाट भने तपाईको शरिरमा अत्यधिक क्याल्सियम जम्मा हुन पुग्छ जुन तपाईको शरिरको लागि निसन्देह राम्रो होइन किनकी क्याल्सियम तपाईको हड्डीहरुमा मात्रै जम्मा नभएर यो शरिरका अन्य तन्तुहरुमा समेत संचय हुन शुरु हुन्छ ।

भिटामिन डि काउन्सिलका अनुसार अत्यधिक क्याल्सियम शरिरमा संचय भएर उत्पन्न हुने समस्यालाई हाईपरक्याल्सेमिया भनिन्छ जुन दैनिक २५० माईक्रो ग्राम भिटामिन डि केही महिना सम्म लिने गर्नाले हुन सक्छ ।

सुझाव के त ?

तसर्थ भिटामिन डि सप्लिमेन्ट अधिक मात्रामा लिनु उचित होइन । १० माईक्रो ग्राम भिटामिन डि प्रति दिन लिनु सामान्य हो यदि साथसाथै तपाई अत्यधिक क्याल्सियमको सप्लिमेन्ट लिनु हुन्न भने । याद राख्नोस डेरी प्रोडक्ट लगायतका खाध्य वस्तुबाट पनि अत्यधिक क्याल्सियम प्राप्त हुने गर्छ भिटामिन सि सप्लिमेन्ट लिनु मात्र जरुरी हुँदैन ।

समस्या भए आफ्नो डाक्टरसंग सल्लाह गर्दा राम्रो ।

साभार –वायर
प्रस्तोता –अशोक कुमार गहतराज सुनार