पुस १६,काठमाडौं – एन आई सी एशिया बैंक लिमिटेड र श्री तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि. बुटवल, बिच सम्झौता भएको छ ।
सम्झौतामा पत्रमा बैंकको तर्फबाट प्रदेश नं. ५ को यस बैंकको प्रादेशिक कार्यालयका प्रमुख श्री तिलक सुन्दर कार्की र श्री तिनाउ इन्टरनेशनल हस्पिटलको तर्फबाट हस्पिटलका प्रबन्ध संचालक श्री बिमल प्रसाद श्रेष्ठज्यूले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता अनुसार ग्राहक र बैंकका कर्मचारीहरुले उपचारमा डेबिट एवं क्रेडिट कार्ड प्रयोग गर्दा १५% सम्मको छुट पाउन सक्नेछन् ।
