भक्तपुर विद्यालयस्तरीय एथ्लेटिक्स प्रतियोगिता शुरु

पुस ७, भक्तपुर – भक्तपुर नगरपालिकाले नगरव्यापी विद्यालयस्तरीय एथ्लेटिक्स प्रतियोगिता शुरु गरेको छ ।

प्रतियोगिताको आइतबार नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुभारम्भ गर्दै राष्ट्रिय र अन्तरराष्ट्रिय खेलाडी तयार गर्ने हेतुले विभिन्न खेलको प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गर्दै आएको बताए ।

उनले विभिन्न खेलका खेलाडी तथा प्रशिक्षकलाई प्रोत्साहित गर्ने उद्देश्यले भक्तपुर जिल्लाबाट वर्षको उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी, रेफ्री र अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी मेडल जित्न सफल खेलाडीको सम्मान गर्ने जानकारी दिएका छन् ।

प्रतियोगितामा भक्तपुर नगरका १० वटा विद्यालयका १२३ विद्यार्थीको सहभागिता रहेको छ ।