लिभरपुल बन्यो समूह विजेता

मंसिर २५, काठमाडौं – साबिक विजेता लिभरपुल समूह विजेताका रुपमा यो सिजन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ

समूह चरण अन्तर्गत मंगलबार राति भएको अन्तिम खेलमा रेड बुल सल्जबर्गलाई पराजित गरेर लिभरपुल समूह ई को विजेता बनेको हो ।

अवे मैदानमा भएको खेलमा लिभरपुलले सल्जबर्गलाई २–० ले पराजित गरेको हो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा लिभरपुलले दुई गोल गरेको हो ।

लिभरपुलका लागि ५७ औँ मिनेटमा नेबी केइता र त्यसको एक मिनेटपछि मोहम्मद सालहले गोल गरेका हुन्।