एनआईसी एशिया लघुवित्तको दोस्रो साधारण सभा सम्पन्न

मंसिर २५, काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडकोे सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिको दोस्रो साधारण सभा सम्पन्न भएको छ

। सञ्चालक समितिका अध्यक्ष अर्जुन राज खनियाको अध्यक्षतामा सोमबार ट्रेड टावर थापाथलीमा सम्पन्न भएको हो ।

साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन सहित आ.व.२०७५र७६ को वित्तीय विवरण पारित गर्दै नियामक निकायहरु लगायतका कार्यालयहरुबाट आवश्यक स्वीकृति प्राप्त भए पश्चात सर्वसाधारणलाई प्राथमिक शेयर निष्काशन गर्ने निर्णय गरेको छ ।

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक वीरेन्द्र दत्त अवस्थी, एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपाने र एनआईसी एशिया लघुवित्तका वित्तीय संस्थाका निवर्तमान अध्यक्ष अर्जुन राज खनिया लगायतको उपस्थिति रहेको थियो ।