सहुलियत कर्जा बढाउन राष्ट्र बैंकले तोक्यो सीमा

 

मंसिर १९, काठमाडौ – वैकहरुले सहुलियतपुर्ण कर्जा प्रवाह गर्न नसकेपछि नेपाल राष्ट्र बैंकले सिमा नै तोकेर सहुलियतपुर्ण कर्जा प्रवाह गर्न निर्देशन दिएको छ । वैकरुले अहिले सम्म कृषि तथा पशुपंक्षी बाहेक अन्य क्षेत्रमा सहुलियत कर्जा प्रवह गर्न सकेका छैनन ।

निर्देशन अनुसार वाणिज्य बैंकहरुले अगामी असार मसान्त भित्रमा कृषि तथा पशुपंक्षी बाहेक अन्य क्षेत्रमा कम्तिमा ५०० जनालाई, विकास बैंकहरुले कम्तिमा २०० जनालाई र फाइनान्स कम्पनीहरुले कम्तिमा १०० जनालाई अनिवार्य रुपमा सहुलियत कर्जा प्रवाह गर्नुपर्नेछ ।

नेपाल राष्ट्र बैंकको असोज मसान्त सम्मको तथ्यांक अनुसार असोज मसान्तसम्म २० हजार ६ सय ५९ जनाले उक्त ब्याज अनुदान प्राप्त गरेका छन । जसमध्ये, कृषि तथा पशुपछी कर्जा तर्फ मात्रै १८ हजार ८ सय ५ जनालाई ४३ अर्ब ३६ करोड ४८ लाख प्रवाह भएको छ ।