चिर्पट प्रहार गरी भाईले गरे दाजुको हत्या

 

मंसिर १९, काठमाडौ -भोजपुरको अरुण गाउँपालिका ६ धाउखानीका डिक बहादुर राई आफ्नै दाजुको हत्या आरोपमा पक्राउ परेका छन ।

गत सोमवार  दाजु भाई विच सामान्य बिबाद हुँदा भाईले दाजु सुवास राईलाई चिर्पटले हानेको थिए । त्यहि चोटको कारण वुधवार दाजुको मृत्यु भएपछि उनि पक्राउ परेका हुन ।

मदिरा सेवन गरि  भएको घटनाबारे जानकारी पाए लगत्तै प्रहरी चौकी जरायोटारबाट खटिएको प्रहरी टोलीले घटनामा संग्लग्न राईलाई नियन्त्रणमा लिएको तथा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।