प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मूख

मंसिर ११ , काठमाडौ -प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य विस्तारै सुधार हुँदै गएको छ ।  बुधबार बिहान उनलाई भेन्टिलेटरबाट पनि हटाइएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले इमेलखवर डटकमसँग भने, ‘ एनेस्थेसिया दिदा राखिएको जुन भेन्टिलेटर थियो, त्यो पनि हटाइएको छ । प्रधानमन्त्रीको स्वास्थ्य सुधार हुदै गएको छ’

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार ओलीको एपेन्डिसाइटिसको गंभिर  शल्यक्रिया गरिएको थियो ।