ह्याण्डीक्राप्ट चोरीमा संलग्न ४ जना पक्राउ

मंसिर ९, काठमाडौं -ह्याण्डीक्राप्ट चोरीमा संलग्न चार जना पक्राउ परेका छन । काठमाडौं महानगरपालिका चमतीस्थित ह्याण्डीक्राप्ट कारखानाबाट चोरीमा संलग्न दयाराम गहतराज, रोशन लामा, मान बहादुर विक र राम लाल तामाङ पक्राउ परेका हुन।

उनिहरुलाई रमेश रसाईलीको ह्याण्डीक्राप्ट कारखानाबाट करिब १२ लाख रुपैयाँ मूल्य बराबरको पित्तल तथा काठका विभिन्न घण्टी, बज्र लगायतका सामानहरु चोरी गरेको आरोप लागेको छ । घटनामा संलग्न ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

गत शनिबार उक्त कारखानामा भएको चोरीको घटनामा संलग्न अभियुक्तहरुको खोजी गर्ने क्रममा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई चोरी भएको उक्त सामान सहित पक्राउ गरेको हो ।