दलित पत्रकारहरुको प्रदेश ३ भेला सम्पन्न

 

मंसिर ८, काठमाडौं – राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रदेश ३ भेला सम्पन्न भएको छ । भेलाले १७ सदस्यीय प्रदेश समिति र १५ सदस्यीय काठमाडौँ उपत्यका कमिटि गठन गरेको छ ।

गोरखापत्रका सिन्धुपाल्चोक संवाददाता चित्र मिजारको अध्यक्षतामा समिति गठन भएको छ । समितिको उपाध्यक्षमा कमल बिश्वकर्मा मकवानपुर, सचिवमा वसन्त परियार धादिगं, सहसचिव सरोज उपरकोटी चितवन, कोषाध्यक्षमा शर्मिला बिश्वकर्मा काठमाडौँ चयन भएको छ ।
यस्तै सदस्यहरुमा भोजराज बिश्वकर्मा, सिताराम बयलकोटी, बिश्वास नेपाली, रामचन्द्र रम्तेल, गम्भिर बिक, संगम दर्जी, सुशिला बिक, अशोक परियार, सन्दीप सुन्दास, निर्मला नेपाली र श्याम रोक्का चयन भएका छन् ।

संघको काठमाडौँ उपत्यका कमिटिमा राष्टिय समाचार समितिका पत्रकार सुशील दर्नालको अध्यक्षतामा १७ सदस्यीय समिटि चयन गरेको छ ।
उपाध्यक्षमा गणेश बि.क, सचिव सन्दिप बिश्वकर्मा, सहसचिव निरोज तालागङी, कोषाध्यक्ष सुशीला बिश्पकर्मा, सदस्य पवन वराइली, देवेन्द्र रसाइली, शोभा नेपाली, विरेन्द्र जैरु, अर्जुनसिंह भुल, मुकेश रोक्का, अलिन सुनाम परियार चयन भए ।

भेलाको उद्घाटन प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिमराम जम्मकट्टेलले गरेका थिए । जम्कटेलले दलित समुदाय बारे प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय दलिल पत्रकार सङ्घ, नेपालका अध्यक्ष तथा संविधान सभाका सभासद् विनोद पहाडीलसङ्घको आवश्यकता महसुस गरी स्थापना गरिएको हो तर यसले सबै संघसंस्थासँग एकाकार भएर काम गर्ने बताए ।

नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले दलित पत्रकार सङ्घले दलित समुदायका पत्रकारको क्षमता विकाससँगै सञ्चार सम्वन्धी ऐन, कानून र नीतिलाई समावेशी बनाउनका लागि सङ्घर्ष गर्नुपर्नेमा जोड दिए ।