‘सरौतो’को रोमान्टिक गीत ’यो जुनी’ सार्वजनिक –भिडियोसहित

मंसिर ८, काठमाडौं – चलचित्र ‘सरौतो’को गीत ’यो जुनी’ सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा मुख्य कलाकार सुमी मोक्तान, सन्नी सिंह फिचर्ड छन् ।

गीतमा श्रेया सोताङ र कमल खत्रीको स्वर रहेको छ भने शब्द र सङ्गीत कमल खत्रीकै रहेको छ ।

चलचित्रकी कार्यकारी निर्माता सिर्जना जोशी हुन् । चलचित्रमा सन्नी सिंह र सुमी मोक्तानका अलावा आमिर गौतम, विजय लामा, युवराज लामा, धिरेन शाक्य, अरुणा कार्की, निशा पुन मगर, सम्पदा दाहाल, पराक्रम शमशेर जबरा, मनोज तामाङ, प्रतीक दुलाल लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्र यहि मङ्सिर १३ प्रदर्शनमा आउने भएको छ ।