उपनिर्वाचनले पनि नेकपाको पक्षमा जनउभार ल्याउँछ – अध्यक्ष प्रचण्ड

मंसिर २, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक र राष्ट्रिय एकतालाई मजबुत बनाउने उद्देश्यका साथ आफूहरुले पार्टी एकता गरेको पुनःस्मरण गरेका छन् ।

राष्ट्रिय युवा सङ्घको राष्ट्रिय भेलालाई आइतबार सम्बोधन गर्दै उहाँले राष्ट्रिय आवश्यकताका आधारमा गरिएको एकतालाई जीवन्त बनाउन र आम जनताको बीचमा लैजान युवालाई आग्रह गरे ।

उनले एकीकृत पार्टीलाई थप समृद्ध बनाएर लैजान युवा नेतृत्वले विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै भने, पाँटी र सरकारले अगाडि सारेको समाजवादको आधार तयार पार्ने अवधारणालाई वास्तविकरुपमा लागू गर्न प्रतिबद्ध भएर लाग्नुस् ।”

संसारभरबाट नेपाललाई हेरिरहेको दृष्टान्त पेश गर्नुहुँदै उहाँले राष्ट्रिय अन्तर्रा्ष्ट्रिय परिवेशका आधारमा नेकपालाई थप परिस्कृत र विकसित बनाएर लैजाने सोचमा आफूहरु रहेको बताएका छन् ।