विवाह बन्धनमा बाँधिदै नायिका आँचल शर्मा

कात्तिक २९, काठमाडौं –अभिनेत्री आँचल शर्मालेले डा. उदीप श्रेष्ठसँग बिबाह गर्ने भएकी छन् ।

आँचल र उदीपको भेट भएको करिव एक बर्ष भएसँगै उनीहरुले बिवाह गर्ने निर्णय गरेका हुन् । आँचलले हालै एक मिडियामा दिएको अभिव्यक्ती अनुसार उनले आगामी फागुनमा बिहे गर्ने तय भएको छ ।

जोनी जेन्टल म्यान, नाइ नभन्नु ल ४, शत्रु गते, ब्ल्याक लगायतका चलचित्रमा काम गरेकी उनले थुप्रै म्युजिक भिडियोमा समेत काम गरेकी छिन् ।