यसरी थाहा पाउन सकिन्छ धोका दिने प्रेमी– प्रेमिका

कात्तिक २८, काठमाडौं – अहिलेको भर्चुअल समयमा  प्रेम एक खेलौना जस्तो बन्दै गएको छ । सच्चा माया र सम्बन्ध निकै कम हुने गरेको छ । आफ्नो प्रेमि प्रेमिकाले आफुलाई कस्तो ब्यबहार गर्छन सोहि अनुरुप उनिहरुलाई चिन्न सक्नुपर्दछ । यदि स्वार्थ राखेमा कसैले प्रेम गरेमा त्यो घातक हुन सक्दछ । पार्टनरले कस्तो ब्यबहार गरे प्रेम टुट्छ त ?

यदि तपाईको पार्टनरले अन्य ब्यत्तिसंग भेटेको कुरा खुलाउन चाहदैन भने उनको गरेको प्रेम प्रति शंका हुन सक्दछ ।

पार्टनरले मोबाइल अथवा फेसबुको पासवर्ड लुकाउँछ भने सम्झनुस् त्यहाँ केही स्वार्थ लुकेको छ ।

तपाईको प्रेमी वा प्रेमिकासँग विचार , भावना र लक्ष्य मिलेन भने प्रेममा धोका हुन सक्छ ।

यदि पार्टनरले आफ्नो भन्दा बढी तपाईको पैसा खर्च गरी भने सम्झुस् यसमा स्वार्थ लुकेको छ ।