भारतविरुद्व नेपालले ब्याटिङ गर्ने

कात्तिक २८, काठमाडौं – एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा भारतविरुद्व नेपालले ब्याटिङ गर्ने भएको छ । बंगलादेशको ढाकास्थित सभारमा भारतले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।

नेपाली टिम ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रिएको छ भने भारतीय टिमको नेतृत्व बीआर सरथले गरेका छन् । भारतले उमेर समूहको टिम मैदान उतारेको हो ।

प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङले खेल्ने छन् । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल समूह बीमा रहेको छ । नेपालको समूहमा भारत,बंगलादेश र हङकङ रहेका छन् । समूह एमा पाकिस्तान, ओमान,श्रीलंका र अफगानिस्तान रहेका छन् ।