बंगलादेशका राष्ट्रपति आज पोखरा जादैं

कात्तिक २८, काठमाडौं –बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार पर्यटकीय नगरी पोखरा जाने भएका छन् ।

राष्ट्रपति हमिद बिहान ११ः३० बजे नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थलमा पुग्ने कार्यक्रम रहेको छ ।

पोखरा विमानस्थलमा राष्ट्रपति हमिदलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख, कार्यवाहक मुख्यमन्त्री, मन्त्री, जनप्रतिनिधि, सरकारी उच्चपदस्थ अधिकारीले स्वागत गर्ने छन्।