टिपर दुर्घटना हुँदा चालक सहित दुई जनाको मृत्यु

 

कार्तिक २७, काठमाडौ -पाँचथरको हिलिहाङ गाउँपालिकामा भएको टिपर दुर्घटनमा परी दुई जनाको ज्यान गएको छ ।
दुर्घटनमा परी धार्दिङका २५ बर्षीय बिनोद तामाङ र हिलिहाङ गाउँपालिकाका २३ बर्षीय भिम तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

मंगलवार राती साँढे ८ बजे रसुवा कन्ट्रक्सन प्रा.लि. को बा २ क २९९० टिपर सुभाङबाट काम सकेर ४ नम्बर क्याम्पमा राख्नको लागी जाँदै गर्दा सालिङगे भन्ने स्थानमा आफै अनियन्त्रीत भई टिपर दुर्घटना भएको प्रहरीले जनाएको छ  ।