बंगलादेशी राष्ट्रपतिले भेटे राष्ट्रियसभा अध्यक्षलाई, राष्ट्रपति र प्रधानमन्त्री पनि भेट्ने

 

कात्तिक २७, काठमाडौं – बंगलादेशका राष्ट्रपति अब्दुल हमिदल राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गरेका छन् ।

उनले बुधबार बिहान राष्ट्रपति हमिद र अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता गरेका हुन् ।

चार दिने नेपाल भ्रमणमा आएका अब्दुलको राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।

५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति हमिद मंगलबार नेपाल आएका थिए।