“बिस्तारै बिस्तारै” लिएर आए राजु लामा (भिडियो)

कात्तिक २७, काठमाडौं – गायक राजु लामाको गीत ’बिस्तारै बिस्तारै’ सार्वजनिक भएको छ ।

मनोज थापा मगरको सङ्गीत र देबेश राईको एरेन्ज रहेको गीतको भिडियोमा गायक लामा स्वयं र नैना थापा फिचर्ड छन् ।

मनाङको मनोरम पृष्ठभूमिमा खिचिएको भिडियोलाई छेवाङ लामाले निर्देशन गरेका हुन् । यसै गरी भिडियोलाई सन्जीत श्रेष्ठले खिचेका हुन् भने बिजेश पौड्यालले सम्पादन गरेका हुन् ।

गीतको शब्द, स्वर र भिडियो निकै सुन्दर बनेको छ भने राजु र नैनाको केमेस्ट्री निकै जमेको छ ।