एसियन सेन्ट्रल जोन महिला भलिबलमा नेपालको दोस्रो जित

 

कात्तिक २५, काठमाडौं –बंगलादेशमा भइरहेको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले कीर्गिस्तानलाई २५–१५, २५–१९ र २५–२० को सोझो सेटमा हराएको छ ।

नेपालले मंगलबार आयोजक बंगलादेशविरुद्ध र अन्तिम खेलमा बुधबार माल्दिभ्सविरुद्ध खेल्नेछ। राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। तेस्रो र चौथो स्थानमा रहने टिमले तेस्रो हुन प्रतिस्पर्धा गर्नेछन्।