श्रीमती पक्राउ परेपछि चौकी पुगे “अघोरी बाबा”

 

कार्तिक २५, काठमाडौं – सामाजिक सञ्जालमा भाइरल ’अघोरी बाबा’ विजय केसीकी श्रीमती भनिने शारदा पाण्डे पक्राउ परेकी छन् ।

पाण्डेविरुद्ध अमेरिका लगिदिन्छु भन्दै ठगी गरेको आरोपमा आइतबार बौद्ध प्रहरीमा एक महिलाले उजुरी दिएपछि उनि पक्राउ परेकी हुन् ।

पाण्डेलाई महानगरीय प्रहरी बृत्त बौद्धले ठगी गरेको आरोपमा अनुसन्धानको लागि झिकाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएका छन् ।

पाण्डेलाई अनुसन्धानको लागि बोलाएपछि अघोरी बाबा पनि प्रहरी चौकी पुगेका थिए। अघोरी बाबा प्रहरी चौकी पुगेपछि युट्युबरको घुइँचो लागेको छ।