नेकपा अनुशासन आयोगमा बोहोरा, लेखामा कँडेल– नामावली सहित

 

कात्तिक २५, काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केन्द्रीय निकाय र आयोगको एकीकरण टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले केन्द्रीय निकाय र आयोगको टुंगो लगाएको हो ।

अनुशासन आयोगको अध्यक्षमा अमृत बोहोरा र सचिवको जिम्मेवारी अशोक रोकायालाई दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

उनका अनुशार लेखा परीक्षण आयोगको अध्यक्ष पुष्प कँडेल र सचिव टेकनाथ आचार्य चयन भए भने निर्वाचन आयोगमा बिष्णु पुकार श्रेष्ठ र सचिव माधव पौडेल चयन भएका छन् ।

केन्द्रीय निर्वाचन आयोग अध्यक्षमा विष्णुपुकार श्रेष्ठ र सचिवमा माधव पौडेललाई जिम्मेवारी दिने निर्णय सचिवालयले गरेको छ ।

केन्द्रीय सल्लाहकार कम्युनिष्ट कमिटी अध्यक्ष केशव बडाल र सचिव नन्दकुमार थापा चयन भएका छन् भने ज्येष्ठ कम्युनिस्ट मञ्चमा अध्यक्षमा नन्दकुमार प्रसाईं र सचिव गोविन्द ज्ञवाली बनेका छन् ।

नेकपामा अब प्रवास कमिटी टुंग्याउन बाँकी छ । नेकपाले केन्द्रदेखि स्थानीय तहसम्म एकीकरण टुंग्याइसकेको छ ।

तस्बीर –रासस