निजी मेडिकल कलेजलाई सरकारको दियो १५ दिने अल्टिमेटम, शुल्क फिर्ता नगरे ठगीको मुद्दा चलाउने

 

कात्तिक २५, काठमाडौं – विद्यार्थीबाट लिएको अवैध शुल्क फिर्ता दिन मेडिकल कलेजलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आग्रह गरेको छ ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीका माग सम्बोधन गर्न १५ दिने अल्टिमेटम दिइएको र शुल्क  फिर्ता नगरे ठगीको मुद्धा चलाउने जानकारी दिएका छन् ।

उनले भने ‘ कलेजलाई १५ दिनभित्र विद्यार्थीका गुनासा समाधान नगरे ठगी मुद्दा चलाउँछौं,’

चितवन मेडिकल कलेज गण्डकी मेडिकल कलेज, नेसनल मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेजलगायतबाट पनि सञ्चालकले अवैध शुल्क लिएपछि विद्यार्थीहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन्।

यसैबीच, मन्त्री पोखरेलले डडेल्धुरामा अनसनरत् डाक्टर गोविन्द केसीलाई आन्दोलन स्थगित गर्न अनुरोध गरेका छन् । ‘मुलुक कालापानीमा मिचिएको भूमि फिर्ताका लागि लडिरहेका बेला उहाँले आन्दोलन फिर्ता लिएर राष्ट्रियताको पक्षमा सरकारलाई सघाउनुपर्छ,’ मन्त्री पोखरेलले भने।