चलचित्र ‘लाल सिंह चड्ढा’ मा तीन खान एकसाथ देखिएलान त ?

 

कात्तिक २५, काठमाडौं –बलिउडका तीन खान अर्थात् सलमान खान, शाहरुख खान र आमिर खानलाई पर्दामा एकसाथ देख्न पाइने भएको छ । आमिरको चलचित्र ‘लाल सिंह चड्ढा’ मा देखिने खबर बाहिरिएको छ ।

निर्माण टिमबाट यो विषयमा आधिकारिक जानकारी सार्वजनिक नगरे पनि भारतीय मिडियाहरूले यो खबर बाहिर ल्याइरहेका छन् । योसँगै आमिरले आधिकारिक रूपमा फिल्मको घोषणा गर्दै प्रदर्शन मिति तय गर्दै आमिरको अपोजिट करीना कपुर खान रहने सार्वजनिक गरेका छन् ।

सन् २०२० को क्रिसमसमा रिलिज हुने यस चलचित्रलाई अद्वैत चन्दनले निर्देशन गर्ने छन् ।