ड्याबालोको गोलमा युभेन्ट्सको जित

 

कात्तिक २५, काठमाडौं – अन्तिम समयमा पाउलो ड्याबाला चम्किदाँ युभेन्ट्सले सिरि ए फुटबलमा एसी मिलानलाई हराएको छ ।

आईतबार राति घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले एसी मिलानलाई १–० ले हराएको हो ।

युभेन्ट्सको जितमा ७७ औ मिनेटमा ड्याबालाले विजयी गोल गरेका थिए ।

उनी क्रिस्टियानो रोनाल्डोलाई स्थानान्तरण गर्दै मैदान छिरेका थिए ।

प्रशिक्षक माउरिजियो सर्रीले खेलको ५५ औ मिनेटमा रोनाल्डोलाई परिवर्तन गरेका थिए ।

जितसंगै युभेन्ट्सले ईन्टर मिलानलाई पछाडी पादै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।