प्रेम गीत ३’को टिजरमा फरक लुक्समा देखिए प्रदिप

कात्तिक २१, काठमाडौं – प्रेम गीत ३’को टिजरमा प्रदिप खड्कालाई भिन्न अवतारमा देखिएका छन् ।

उनलाई टिजरमा एक योद्धाको भेषमा देखिन्छन् भने रगतले लतपतिएको अनुहारमा निकै आक्रोश देख्न सकिन्छ । घोडामा सवार उनी कुनै युद्धमा भएको टिजरले बताउँछ ।

सन्तोष सेनले निर्माण तथा निर्देशन रहेको चलचित्रमा मुख्य नायिका क्रिस्टिना गुरुङ रहेकी छन् । चलचित्रमा दीप र क्रिस्टिनाका साथमा मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, अनुभव रेग्मी, प्रेम पुरी, सन्तोष सेन लगायत कलाकारको अभिनय रहने भएको छ ।

चलचित्र चैत २८ गते रिलिज हुनेछ । कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको चलचित्रमा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाहरभुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।