सिभिल बैंकद्धारा लाभांश घोषणा

कात्तिक २१, काठमाडौं – सिभिल बैंकले ६ दशमलव ५७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ६ दशमलव ५७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब ३३ लाख ८९ हजार ६७३ रुपैयाँ रहेको छ । बैंकले सोही पुँजीबाट ५२ करोड ५८ लाख २२ हजार ७०१ रुपैयाँ नगद वितरण गर्न लागेको हो ।

नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि वितरण सुरु गरिनेछ ।