गण्डकी प्रदेश प्रमुखले गरे पदवहाली

कात्तिक २०, काठमाडौं – गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक सेरचनले पदबहाली गरेका छन् ।

बुधबार बिहानै पदबहाली गर्ने कार्यक्रम रहे पनि जहाज अवतरणमा ढिलाई हुँदा कार्यक्रम साढे तीन घन्टा ढिला भएको थियो । बिहान १०ः४५ मा बुद्ध एअरबाट आउने भनिए पनि जहाज १ बजेपछि मात्र पोखरा विमानस्थलमा अवतरण गरेक थियो ।

त्यसलगत्तै शेरचन सिधै कार्यालय पुगेर पदबहाली गरे । पदबहालीसँगै सेरचनले देशमा देखापरेको संकट निवारणमा समझदारी र सहमतिमार्फत भूमिका खेल्ने बताए ।

उनलाई विमानस्थलमा प्रदेशका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङ, सभामुख नेत्रनाथ अधिकारीसहित मन्त्री, सांसद तथा नेकपाका नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए ।