उपनिर्वाचनमा प्रतिनिधसभा उम्मेदवारले २५ लाख खर्च गर्न पाउने

कात्तिक २०, काठमाडौं – निर्वाचन आयोगले मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनमा उम्मेदवार हुने व्यक्तिहरुका लागि खर्चको सिमा तोकेको छ ।

आयोगले बुधबार पत्रकार सम्मेलन गरेर उम्मेदवारले खर्च गर्न पाउने रकमको अधिकतम सीमा निर्धारण गरेको हो।  निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य उम्मेदवारले २५ लाख प्रदेशसभा उम्मेदवारले १५ लाख र उपमहानगरपालिकाको अध्यक्षले ५ लाख ५० हजार गर्न गर्न पाउने सीमा तोकेको छ।

वडाध्यक्षका लागि २ लाख ५० हजार, नगरपालिकाका वडा अध्यक्षका लागि २ लाख र गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने आयोगले जनाएको छ।

त्यस्तै प्रतिनिधिसभा, प्रदेशसभाका उम्मेदवारले १६ दिन र स्थानीय तहका उम्मेदवारले १० दिन भित्र प्रचारप्रसार गरिसक्नुपर्ने समयसीमा आयोगले निर्धारण गरेको छ।

तोकिएको खर्चको अधिकतम सीमा र प्रचार अवधि उल्लंघन गर्नेलाई निर्वाचन कानुन अनुसार कारबाही गरिने निर्वाचन आयोगले जनाएको छ।