नरपानीमा कार दुर्घटना-एकै घरका तीनको मृत्यु, दुई गम्भिर घाइते

कात्तिक २०, काठमाडौ -सन्धिखर्कको नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा विहान बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयमा अर्घाखाँचीमा कार्यरत प्रहरी सहायक निरिक्षक लाल वहादुर श्रेष्ठले इमेल खवर डट कम लाई वताए ।

दुर्घटनामा दुई जना गम्भिर घाइते भएका छन् । उनिहरुको टाउकोमा चोट लागेको छ । कार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै थियो ।

घटनामा सैनामैना नगरपालिका रुपन्देहीका वर्ष ७० की दुर्गादेवी खड्का, सोही स्थानका वर्ष ४० का तिलक खड्का र वर्ष ४३ का भक्त वहादुर खड्काको ज्यान गएको छ ।

यसैगरि घाइते हुनेमा जिल्ला रुपन्देही सैनामैना नगरपालिकाका गंगा वहादुर खड्का र विनोद खड्का रहेको प्रहरी सहायक निरिक्षक श्रेष्ठले वताएका छन । घाइतेलाई उपचारका लागि पठाइएको छ ।