कृषि र खाद्य सुरक्षा सुधार्न एडिबीले साढे ५ अर्ब ऋण दिने

 

कात्तिक १८, काठमाडौं – एसियाली विकास बैंक (एडिबीले) नेपालको कृषि विकास र खाद्य सुरक्षासम्बन्धी नीतिगत सुधारका लागि साढे ५ अर्बभद्ददा बढी परिमाणाको ऋण स्वीकृत गरेको छ ।

एडिबीले सोमबार विज्ञप्ति जारी गर्दै नेपालको खाद्य सुरक्षाका उपायहरु सुधार, कृषि व्यापारको मापदण्ड बनाउन तथा कृषिको व्यावसायीकरण प्रवद्र्धन गर्न ५० मिलियन अमरिकी डलर (५ अर्ब ६० करोड रुपैयाँ) ऋण स्वीकृत गरेको जानकारी दिएको छ ।

एडिबीका वरिष्ठ सार्वजनिक व्यवस्थापन अर्थशास्त्री नाभेन्दु करणले भने, ‘एडिबीको सहयोगले यी क्षेत्रमा रहेका समस्याहरू सम्बोधन गरी नेपालको कृषि उत्पादन र प्रक्रियालाई अन्तर्रा्ष्ट्रिय मापदण्डको बनाउन योगदान पुग्ने अपेक्षा छ।’

नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान महत्वपूर्ण रहेको छ। सन् २०१९ को कूल गार्हस्थ उत्पादनमा यो क्षेत्रको योगदान २७ प्रतिशत रहेको छ ।