ला लिगामा रियल भालाडोलिडको जित

कात्तिक १८, काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा रियल भालाडोलिड विजयी भएको छ । जितसँगै स्पष्ट तीन अंक जोडेको भालाडोलिड १७ अंकसहित तालिकाको १० औँ स्थानमा छ ।

आइतबार राति भएको खेलमा भालाडोलिडले मालोर्कालाई ३–० ले पाखा लगाएको हो । भालाडोलिडको जितमा जोक्विन फर्नांडीज मोरेनो, एन्स युनल र सैंड्रो रामिरेज कैस्टिलोले एक एक गोल गरेका थिए ।

भिल्ला रियल १८ अंकसहित सातौँ स्थानमा छ भने एथ्लेटिक क्लब १७ अंकसहित आठौँ स्थानमा रहेको छ ।