अनुमति बिना इन्स्टामा फोटो हालेपछि डेढ करोडको मुद्दा

कात्तिक १३, एजन्सी –भारतीय सुपरमोडल एमिली रतजकोब्सकीविरुद्ध १ लाख ५० हजार अमेरिकी डलर माग गर्दै मुद्दा दायर भएको छ।

यो रकम एक करोड ५० लाख नेपाली रुपैयाँ बराबर हो। यति मात्र होइन मुद्दा वादी पक्षले फोटोबाट भएको सबै कमाइ समेत आफैले पाउनुपर्ने भन्दै मुद्दा दायर भएको छ।

पापाराजी फोटोग्राफर रोबर्ट ओ निलले एमिली विरुद्ध मुद्दा दायर गरेका हुन्। उनीमाथि कपिराइट उल्लंघन मुद्दा दायर भएको हो। यद्यपि यो मुद्दा कहाँ दर्ता गरिएको भन्ने खुलाइएको छैन ।