सिद्धार्थ बैंकको १० प्रतिशत लाभांश पारित

कात्तिक १३, काठमाडौं – सिद्धार्थ बैंकले शेयर धनीलाई १० प्रतिशत लाभांश दिने भएको छ । बैंकको १८ औं वार्षिक साधारणसभाले बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार ५ सय ४० रुपैयाँको १० प्रतिशत बराबरको ८८ करोड ८७ लाख ६० हजार ४ सय ५४ रुपैयाँ बोनस सेयर तथा १५.६ प्रतिशत बराबरको १ अर्ब ३५ करोड ६५ लाख २९ हजार १ सय १४ रुपैयाँ नगद लाभांश प्रदान गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

बैंकका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको सभाले ०७६ असोज मसान्तसम्ममा बैंकले १२४ अर्ब निक्षेप संकलन गरेको छ भने १ सय १३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको पनि जनाएको छ ।