तिहार गीत लिएर आए मनोज र अस्मिता(भिडियो)

कात्तिक ८, काठमाडौं – मनोज थापा मगर र अस्मिता अधिकारीको तिहार गीत सार्वजनिक भएको छ ।

‘बज्यो मादल’ बोलको गीत बिहीबार इन्टरनेटमा सार्वजनिक गरिएको हो । गीतमा शब्द, सङ्गीत तथा एरेन्ज गायक थापाकै रहेको छ ।

गीतमा नेपाल आइडल पहिलो सिजनका प्रताप दास, उल्सन श्रेष्ठ, सन्ध्या जोशी, अजेश पौडेल, प्रदिप धमला, अर्जुन कटुवाल, मेनुका थापा मगर सैमा थापा मगर लगायत फिर्चड छन् ।

भिडियोलाई अनिल पौडेलले खिचेका हुन भने अर्जुन कटवालाले सम्पादन गरेका हुन् ।गीत मनोज थापाकै युट्युबा च्यानलबाट सार्वजनिक गरिएको छ ।