कात्तिक ४, एजेन्सी – कर बृद्धि र भ्रष्टाचारको विरोधमा लगातार तीन दिनदेखि लेबनानमा आन्दोलन भइरहेको छ । आन्दोलनले उग्र रुप लिएपछि क्रिस्टियन पार्टीले सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।
व्यवस्थाको व्यापक दुरुपयोग गरेको र अनियमितता भएको भन्दै दशौं हजार नागरिक सडकमा ओर्लिएका छन् । चारजना मन्त्रीले नै सरकारबाट राजीनामा दिए । राजधानी लगायत सहरमा आन्दोलनकारी र प्रहरीबीच झडप समेत भएको छ ।
बेइरटमा आइतबार पनि हजारौँ प्रदर्शनकारीहरुले नारावाजी गर्दै सरकारको विरोध गरिरहेका छन् । साथै लेबनिस झण्डा फहराउँदै सरकारको विरोध गरिरहेका छन् ।